मंगलवार, असार १७,२०८२ 07:30:13
  • मंगलवार, असार १७,२०८२ 07:30:13
Global IME Bank Limited

एक वर्षमा करिब ३६%ले बढ्यो सुनको भाउ

Hyundai Nepal
एक वर्षमा करिब ३६%ले बढ्यो सुनको भाउ
Nabil Bank Limited

काठमाण्डौ । वर्ष २०८१ मा घरेलु बजारमा सुनको मूल्य करिब ५० हजार रुपैयाँले महङ्गिएको छ । विसं २०८१ साल वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकोमा वर्षको अन्तिम दिनसम्म १ लाख ८६ हजार रुपैयाँ पुग्यो ।  

यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य ४९ हजार २ सय अर्थात ३५.९६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाईका हासिल गर्यो । चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार पुग्दै सुनको भाउ हालसम्मकै उच्च कायम भयो ।  

गत वर्ष सुनको मूल्य न्यूनतम १ लाख ३४ हजार ५ सय पुगेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै गत वर्ष चाँदीको मूल्य पनि १५.२९ प्रतिशतले वृद्धि भएको छ । वैशाख २ गते प्रतितोला १७ सय रुपैयाँ रहेको चाँदीको भाउ चैत ३१ गते प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । यसरी एक वर्षको अवधिमा चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको छ ।  

यो अवधिमा चाँदीको मूल्य प्रतितोला २ हजार १३८ रुपैयाँसम्म पुगेको थियो ।  

गत वर्ष सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको थियो । सरकारले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए ।  

यो निर्णयपश्चात सुनको मूल्यमा तीव्र गिरावट आएको थियो ।  

तर अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य उकालो लागेसँगै घरेलु बजारमा समेत सुनको मूल्य बढ्न थाल्यो । अमेरिकाले आफ्ना व्यापार साझेदार देशहरुमाथि लगाएको भन्सार शुल्कले विश्व व्यापार युद्ध निम्तिने खतरा र बदलिदो विश्व भू–राजनीतिक प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भईरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २३० डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.