काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको हो ।
शुक्रबारको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले बढेको छ ।े
पाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ६ सयले घटेको थियो ।
यस्तै आज चाँदीको भाउपनि हालसम्मकै उच्च कायम भएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५६५ रुपैयाँ पुगेको छ ।

