बिहीबार, श्रावण ७,२०८३ 05:03:48
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 05:03:48
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन १ सय डलर बढीको उछाल

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन १ सय डलर बढीको उछाल
New Office

काठमाण्डौ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कमजोर अमेरिकी रोजगारी तथ्यांकपछि अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने अपेक्षा घटेपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन्।

यतिबेला सुनको मूल्य २.६८ प्रतिशत  अर्थात १०८ डलरले बढ्दै प्रतिऔंस ४ हजार १७६ डलर पुगेको छ । यो मूल्य जुन २३ यता सबैभन्दा उच्च हो। यस वृद्धिसँगै सुन साप्ताहिक रूपमा करिब २.३ प्रतिशतले बढ्ने दिशामा रहेको छ, जुन पछिल्ला पाँच सातापछि पहिलो साप्ताहिक वृद्धि हो।

अमेरिकी श्रम बजार कमजोर देखिएपछि ब्याजदर थप बढ्ने आशा घटेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी श्रम विभागका अनुसार पछिल्लो महिनामा मात्र ५७ हजार रोजगारी थपिएको छ, जुन अर्थविद्हरूले अनुमान गरेको १ लाख १० हजार भन्दा निकै कम हो।

कमजोर रोजगारी तथ्यांकले यस वर्ष र आगामी वर्षको सुरुवातसम्म ब्याजदर बढ्ने अपेक्षामा कमी ल्याएको छ, जसले सुनको मूल्यलाई समर्थन गरेको विश्लेषकहरुले बताएका छन् । बजारमा अहिले सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावना करिब ५४ प्रतिशतमा झरेको छ, जुन तथ्यांकअघि ६६ प्रतिशत थियो।

डलर सूचकांक पनि साप्ताहिक रूपमा घट्ने दिशामा रहेकाले अन्य मुद्राका लगानीकर्ताका लागि सुन सस्तो भएको छ, जसले माग थप बढाएको छ।

दीर्घकालीन रूपमा ब्याजदर सम्बन्धी अनिश्चितता कायम रहने र वर्षको अन्त्यतिर सुनको मूल्यमा फेरि दबाब आउन सक्ने चेतावनी पनि विश्लेषकहरुले दिएका छन्।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य ३.६५ प्रतिशत अर्थात २.२० डलरले बढेर प्रतिऔंस ६२ डलर पुगेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.