काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनपनि सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको थियो । उक्त दिन एक तोला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।

