बुधबार, असार १७,२०८३ 06:35:13
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:35:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी बढोत्तरी !

Laxmi Sunrise Bank Limited
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी बढोत्तरी !

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी बढोत्तरी भइरहेको छ ।  

सुनको मूल्य बढेर प्रति औंस ३ हजार ८६४.५७ डलरको उचाईमा पुगेको हो ।  

आज मात्रै सुनको मूल्य प्रति औंस करिब २१ डलरले बढेको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

New Office
CG Motors
Garima Development Bank

अझ तीन दिनअघि सुनको मूल्य प्रति औंस बढेर ३८९३ डलरको उचाईमा पुगेको थियो । पाँच दिनअघि सुनको मूल्य प्रति औंस ३८०० डलर हाराहारी मात्र थियो ।  

एकहप्ताअघि चाहिँ सुनको मूल्य प्रति औंस ३७३४ डलरमा सीमित थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसरी हेर्दा एक हप्ताको अवधिमा सुनको मूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको छ ।  

नेपालमा पछिल्लो समय सुनको मूल्य प्रतितोला २ लाख २३ हजारभन्दा केही बढी थियो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेका कारण अब दशैंविदापछि बजार खुल्दा घरेलु बजारमा सुन प्रतितोला २ लाख ३० हजारसम्म पुग्नसक्ने सम्भावना देखिएको छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.