काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।