काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । बिहिबार एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सयमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १६० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

