मंगलवार, असार १७,२०८२ 06:27:59
  • मंगलवार, असार १७,२०८२ 06:27:59
Global IME Bank Limited

विश्व व्यापार युद्धको खतराका कारण किर्तिमानी उचाईमा सुनको मूल्य, प्रतिऔंस ३ हजार डलर नजिक

Hyundai Nepal
विश्व व्यापार युद्धको खतराका कारण किर्तिमानी उचाईमा सुनको मूल्य, प्रतिऔंस ३ हजार डलर नजिक
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य १.६६ प्रतिशत अर्थात ४८.८१ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९८८.०९ डलर पुगेको छ । कारोबारको दौरान सुनको मूल्य २९९० डलरसम्म पुगेको थियो । यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार डलरको कोसेढुङ्गा नजिक पुगेको छ ।  

विश्वभर छाएको व्यापरयुद्धको त्रासले लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएसँगै त्यसको प्रभाव सुनको मूल्यमा परेको विश्लेषकले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफविरुद्ध हालै युरोपेली युनियनले पनि कदम चाल्दै अमेरिकी वस्तुहरुमाथि पनि कर लगाउने घोषणा गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले युरोपबाट आयात हुने वाइन र स्प्रीटमाथि २०० प्रतिशत ट्यारिफ लगाउने बताएसँगै युरोपेली युनियनले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर लगाउने बताएको छ ।  

यस्तै लगानीकर्ताको नजर यतिबेला अमेरिकी केन्द्रीय बैंक,‘फेड’को आगामी बुधबार बस्न लागेको मौद्रिक नीतिको बैठकमा केन्द्रीत छ । फेडले ब्याजदर ४.२५ प्रतिशत देखि ४.५० प्रतिशतको बीचमा राख्ने अपेक्षा गरिएको छ ।  

आज चाँदीको मूल्य समेत वृद्धि भएको छ । चाँदीको मूल्य आज ०.५३ डलरले बढ्दै प्रतिऔंस ३३.८१ डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.