सोमबार, श्रावण १८,२०८३ 05:45:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:45:22
Bizshala
Global IME Bank Limited

देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
New Office

 

काठमाण्डौ  ।  आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको बताईएको छ । जल तथा मौसमको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित  सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ । यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर तथा  डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि पानीको बहाव अत्याधिक बढ्ने र आकस्मिक बाढीको  जोखिम बढ्न सक्ने सम्भावना रहेको छ । 

देशभर मनसुन सक्रिय भएसँगै  धेरै ठाउँमा पानी परेको छ । मंगलबार देखि  शुरु भएको पानी पर्नेक्रम विहीबार सम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार  दिउँसो देशभर पूर्णतया बादल लाग्ने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

विहीबार देखि कोशी र बागमती प्रदेशलगायत देशका  पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । पानी परि रहेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध जस्ता जोखिम हुने भएकाले आवश्यक सर्तकता अपनाउन समेत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.