देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
काठमाण्डौ । आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको बताईएको छ । जल तथा मौसमको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ । यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर...

