एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाण्डौ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरीले ५३ वर्षीया भारतीय नागरिक मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति पक्राउ गरेको हो ।