लगातार ३ दिन घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

