सुनको मूल्य १७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १७.२९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३०६ डलरमा भईरहेको छ । चीन र अमेरिकाबीच आज बेलायतको लण्डनमा हुन गईरहेको व्यापार वार्ताले दुई देशहरुबीचको सम्बन्धमा सुधार आउने अपेक्षाका कारण आज सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।