सुनको मूल्य १७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट हुने आयात र अन्य व्यवसायिक साझेदार देशहरुमाथि ट्यारिफको घोषणा गरेसँगै आज सुनको मूल्य उकालो लागेको हो । यसका साथै डलर बलियो बन्दा र विश्व व्यापारमा देखिएको समस्याका कारण समेत सुनको भाउ बढ्न पुगेको छ ।

