काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ५ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ थियो ।
त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।