आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । पछिल्लो केही समययता घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । स्थानिय बजारमा आज सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

