काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । निरन्तर घट्दै गएको सुनको भाउ आज तोलामै १४ हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।