काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पति तोलामा १०० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।