बुधबार, श्रावण १३,२०८३ 06:52:34
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:52:34
Bizshala
Global IME Bank Limited

बजारमा चल्दैछ कित्ता खोस्ने रोचक खेल, सानालाई अत्याउँदै झोली भर्दैछन् ठूला

बजारमा चल्दैछ कित्ता खोस्ने रोचक खेल, सानालाई अत्याउँदै झोली भर्दैछन् ठूला
New Office

काठमाण्डौ । मंगलबार बजार खुलेदेखि नै रोचक परिदृश्यहरु देखिएका छन् ।  

चुनावअघिसम्म राजनीतिक अनिश्चितताको भविष्यवाणी गर्दै आक्रामक ढंगले सेयर खरीद नगरेका ठूला तथा संस्थागत लगानीकर्ताहरुले मंगलबार बजार खुलेदेखि नै साधारण लगानीकर्तालाई अत्याउने खेल सुरु गरेका देखिएको छ । 

कतिपय लगानीकर्ताहरुले प्रफिट बुकका लागि तीव्र हतारो गर्दा उनीहरुलाई थप अत्याएर ठूलोले आफ्नो झोली भरिरहेका देखिएको छ । ठूलो र संस्थागत लगानीकर्ताको आक्रामक प्रवेश भएकै कारण यो समाचार तयार पार्दासम्म ८ अर्ब हाराहारीको सेयर कारोबार भइसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ४८ अंकले घटेको छ ।  

खेलाडीहरुले सुरुमा आफूले पनि सप्लाई फालेका देखिएको छ । त्यसपछि उनीहरुलाई पछ्याउने अन्य लगानीकर्ताहरुले पनि सप्लाई ह्वात्तै बढाउँदा नेप्से २ प्रतिशत हाराहारीमा घटेर पुनः लयमा फर्किएको थियो । सप्लाई फाल्ने, अत्याउने र राम्रा कम्पनीको कित्ता सोहोर्ने खेल अहिले पनि चालु रहेको देखिन्छ ।

बजार जानकारहरुका अनुसार कारोबार खुलेको आधाघण्टामा ८ अर्ब हाराहारीको सेयर किनबेच हुनु नेप्सेका लागि ऐतिहासिक हो । यही हिसाबले आज कारोबार अवधिभर निकै ठूलो भोल्युममा सेयर किनबेच हुने र यसले समेत ठूला तथा संस्थागत लगानीकर्ताहरुको प्रवेश आक्रमक रहेको पुष्टि हुने उनीहरु बताउँछन् ।

विज्ञहरुले अरु डराएर बिक्री गरेको बेला सेयर कित्ता थप्न र अरु निश्चिन्त भएको बेला आफू प्रफिट बुक गरेर बाहिरिन लगानीकर्ताहरुलाई सुझाव दिएका छन् । उनीहरुका अनुसार राजनीतिक स्थिरता खोजिरहेको बजारले त्यो पाइसकेको उल्लेख गर्दै अब यो वा त्यो बाहानामा बजारको बढोत्तरीको यात्रा रोकिने छैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.