काठमाण्डौ । सुनको मूल्य निरन्तर घटेको छ । आजपनि नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामै ११५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।