सुनको मूल्य बढ्ने क्रम जारी, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन १२ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा भईरहेको छ ।