आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो । यससँगै आज प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

