स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बढोत्तरी, चाँदीको कति पुग्यो ?
काठमाण्डौ । लक्ष्मी पूजाको दिन सुनको स्थानीय मूल्यमा सामान्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अनुसार तिहारको लक्ष्मीपूजाको दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ । आजको यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोलामा रु. ३०० ले बढी हो । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ रहेको थियो ।

