सुनको मूल्य ह्वात्तै घट्यो, प्रतितोला कतिमा सीमित ?
काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य दबाबसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार ८०० रुपैयाँले कम हो ।

