काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले बढेर पाँच हजार २२० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।