सोमबार, श्रावण २५,२०८३ 12:16:52
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 12:16:52
Bizshala
Global IME Bank Limited

यलुङ–रीमा पाँच शव देखिए, खराब मौसमले उद्धार रोकियो

यलुङ–रीमा पाँच शव देखिए, खराब मौसमले उद्धार रोकियो
New Office

काठमाण्डौ । गत वर्ष यलुङ–री हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी आरोहीको शव भेटिएको आशंका गरिएको छ। गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा स्थानीयले पाँचवटा शव देखेको जानकारी दिएपछि उद्धार तथा पहिचानका लागि गरिएको हेलिकोप्टर उडान भने खराब मौसमका कारण सफल हुन सकेको छैन।

सिमीगाउँबाट गत शुक्रबारदेखि हेलिकोप्टरमार्फत घटनास्थल पुग्ने प्रयास भइरहेको छ। तर हिमाली क्षेत्रमा लगातार मौसम प्रतिकूल भएपछि हेलिकोप्टर शव देखिएको भनिएको स्थानसम्म पुग्न सकेको छैन।

स्थानीयबाट पाँचवटा शव देखिएको सूचना आएपछि शव संकलन तथा पहिचानका लागि ड्रिम डेस्टिनेसनले शुक्रबार हेलिकोप्टरसहितको टोली यलुङ–री क्षेत्रमा पठाएको थियो। तर प्रतिकूल मौसमका कारण टोलीले घटनास्थलमा पुगेर खोजी तथा उद्धार अघि बढाउन नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

यलुङ–री आधार शिविर क्षेत्रमा पाँचवटा शव देखिएको सूचना प्राप्त भए पनि प्रहरीले त्यसको औपचारिक पुष्टि गर्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार ती शव गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका आरोहीकै हुन सक्ने देखिएको छ।

गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा सात जना बेपत्ता भएका थिए। तीमध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव त्यतिबेलै फेला परेको थियो। बाँकी पाँच जनाको भने खोजी गर्दा समेत अवस्था पत्ता लाग्न सकेको थिएन।

लगातार हिमपात भएपछि गत वर्ष खोजी अभियान स्थगित गरिएको थियो। त्यतिबेला स्थानीयवासीले हिउँ पग्लिएपछि हिमपहिरोमा पुरिएका आरोहीका शव सतहमा देखिन सक्ने बताएका थिए। अहिले हिउँ पग्लिने क्रमसँगै पाँचवटा शव देखिएको सूचना आएपछि पुनः खोजी तथा उद्धारको प्रयास थालिएको हो।

गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना करिब ५ हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमाल आरोहणका लागि गएका थिए। हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार गरिएको थियो भने सात जना बेपत्ता भएका थिए।

हिमपहिरोमा परी फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो बेपत्ता भएका थिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.