काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ८ समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, बैंकिङ समूह ०.१९ प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.१८ प्रतिशत, लगानी समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१७ प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक घट्ने समूह भने अन्य समूह रहेको छ ।यो समूह ०.४४ प्रतिशतले घटेको छ।
त्यस्तै, माइक्रोफाइनान्स समूह ०.०२१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३९ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह ०.०९ प्रतिशत र फाइनान्स समूह ०.०२ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा जानकार सुरज खड्का भन्छन्, ‘अहिले बजारलाई धेरै कुराले प्रभाव पारिरहेको छ । एक त अहिलेको सिजन भएको चाडपर्वको समय हो । यो समयमा बजार खासै माथि जाँदैन । त्यसमाथि अहिले क्लोजिङको प्रेसरले गर्दा पनि बजार सस्टेन हुन सकेको छैन । यसबाहेक अहिले ठूला लगानीकर्ताहरु बजारमा सक्रिय छैनन् । जसकारण बजारमा भोल्युम घटिरहेको छ । सेबोनबाट स्थिर नीति नआएको कारण ठूला लगानीकर्ताहरु बजारमा लगानी गर्न चाहिरहेका छैनन् । तर केही कुराहरु बजारको लागि पोजेटिभ छन् । बजार बढ्ने आधार बलियो हुँदै गएपनि केही न केही कुरा मिसिङ भएका कारण बजारले आफ्नो लय लिन सकिरहेको छैन । आगामी दिनमा बजार कता जाला भन्ने दिशा अब बजारको आगामी अवस्थाले नै बताउँनेछ ।’
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने शीर्ष कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ १५ प्रतिशत अर्थात् सर्किट लेभलमा कारोबार भई मूल्य ९२४ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, स्नो रिभर्सको ६.४० प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को ६ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को ६ प्रतिशत, चिरख्वा हाइड्रोको ५.१५ प्रतिशत, प्राइम बैंक डिबेञ्चरको ३.९४ प्रतिशत, नेशनल हाइड्रोको ३.९२ प्रतिशत, सोनापुर मिनरल्स एण्ड आयलको ३.६१ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को ३ प्रतिशत र एनआइसी एशिया ब्यालेन्स्ड फण्डको २.९२ प्रतिशतले बढेका ेछ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने स्टकमा आरबीबी म्युचुअल फण्ड–२ रहेको छ । यो फण्डको इकाईमूल्य ०७ प्रतिशतले घटेर ९ रुपैयाँ कायम भएको छ।
त्यस्तै, घलेम्दी हाइड्रोको ३.३६ प्रतिशत, माबिलुङ इनर्जीको २.९७ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९४ प्रतिशत, आरबीबी फोकस ४० को २.९१ प्रतिशत, गणपति लघुवित्तको २.८५ प्रतिशत, सनराईज ब्लुचिप फण्डको २.७८ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको २.७६ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २.७२ प्रतिशत र स्वष्तिक लघुवित्तको २.६२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।