मंगलवार, कार्तिक १७,२०८३ 04:52:41
  • मंगलवार, कार्तिक १७,२०८३ 04:52:41
Global IME Bank Limited

सामान्य बढ्यो नेप्से, ‘होल्ड’ रणनीतिमा लगानीकर्ता, तिहारपछि पुनः उकालो लाग्ने अपेक्षा

Bizshala
सामान्य बढ्यो नेप्से, ‘होल्ड’ रणनीतिमा लगानीकर्ता, तिहारपछि पुनः उकालो लाग्ने अपेक्षा
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ९ समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा होटल तथा पर्यटनको १.०७ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.५२ प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.३१ प्रतिशत, जीवन बीमा समूह ०.०९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१० प्रतिशत र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ ।  

घट्ने समूहहरुमा भने फाइनान्स समूह ०.०१ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले घटेको छ ।  

सेयरबजार विश्लेषक सरोज भट्टराईले अहिले लगानीकर्ताहरूले आफूसँग भएका सेयर बिक्री गर्नुभन्दा होल्ड गर्ने रणनीति अपनाएका कारण बजार फेरी सुस्ताउन थालेको बताए । विशेषगरी तिहार र छठ पर्वपछि मात्रै सेयर बिक्री गर्ने मनस्थितिमा लगानीकर्ता रहेको उनको अनुमान छ।

‘हिजोअस्तिको बजार र आजको बजारलाई तुलना गर्दा पछिल्लो गिरावटलाई ठूलो नकारात्मक संकेतभन्दा पनि सामान्य करेक्सनका रूपमा लिनुपर्छ’ उनले भने, ‘दशैंपछि बजारमा आएको वृद्धिपछि केही करेक्सन देखिनु स्वाभाविक प्रक्रिया हो लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

तिहारपछि भने सेयर बजार पुनः बढ्न सक्ने सम्भावना रहेको उनको अनुमान छ । यद्यपि तत्कालै बजार बढ्ने बलियो आधार वा स्पष्ट संकेत भने देखिइसकेको उनले बताए ।  

साथै बजारमा कारोबार रकम घट्नु र लगानीकर्ताको सक्रियता केही कम हुनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै भट्टराईले बजारको अहिलेको अवस्थालाई धैर्यपूर्वक मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘दशैंपछि बजारले सकारात्मक गति लिएकाले तिहारपछि पनि बजारले पुनः उकालो यात्रा तय गर्न सक्नेछ’ उनले भने ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा शिखर पावर डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ५.९४ प्रतिशतले बढेर ५३५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, रिभर फल्स पावरको ५.८० प्रतिशत, प्रभु सेलेक्ट फण्डको ४.१४ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.७७ प्रतिशत, एनआइसी एशिया बैंकको ३.२३ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को ३.१८ प्रतिशत, सानिगाड हाइड्रोको ३.०७ प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको ३ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ३ प्रतिशत र श्रृजनशील लघुवित्तको २.९८ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा भने बेनी हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ ३.०४ प्रतिशत घटेर ७६५ रुपैयाँ ५० पैसा कायम भएको छ ।  

त्यस्तै, चिरख्वा हाइड्रोको ४.९४ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ४.२३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.५७ प्रतिशत, एनआइएमबी डिबेञ्चरको २.९९ प्रतिशत, लक्ष्मी उन्नती कोषको २.९६ प्रतिशत, एनसीसी डिबेञ्चरको २.७४ प्रतिशत, युनिभर्सल पावरको २.३३ प्रतिशत, एनएमबी हाईब्रिड फण्ड एल–२ को २.२६ प्रतिशत र कुमारी सबल योजनाको २.१६ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.