काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ४ समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा हाइड्रो समूह रहेको छ । यो समूह १.६५ प्रतिशतले बढेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३८ प्रतिशत र अन्य समूह ०.०६ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्नेमा भने जीवन बीमा समूह रहेको छ । यो समूह ०.५९ प्रतिशत घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.३७ प्रतिशत, विकास बैंक समूह ०.४५ प्रतिशत, फाइनान्स समूह ०.१८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५१ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशत, निर्जीवन बीमा समूह ०.०६ प्रतिशत र व्यापार समूह ०.२६ प्रतिशतले घटेको छ ।
सेयर लगानीकर्ता सुरज खड्काले प्यानिक अवस्थापछि बजारमा सुधार देखिन थालेको बताएका छन्। कारोबार रकममा आएको सुधारलाई उनले सकारात्मक संकेतका रूपमा लिएका छन्।
खड्काले अहिले चर्चामा रहेको १० लाख रुपैयाँभन्दा माथिको कारोबारसम्बन्धी विषयलाई लिएर अनावश्यक हल्ला फैलिएको बताए। ‘यस विषयमा डराउनुपर्ने अवस्था छैन,’ उनले भने।
उनका अनुसार अर्थमन्त्री पुँजीबजार सुधारमा सकारात्मक देखिएका छन् भने अहिलेका गभर्नरको भूमिका पनि विगतको तुलनामा बजारमैत्री देखिएको छ।
लाभांशको सिजन सुरु हुनु, बैंकहरूले सेयर खरिद बढाउनु र लगानीकर्ताका माग सम्बोधन गर्न नियामक निकाय अग्रसर देखिनुले बजार दिगो रूपमा अघि बढ्न सक्ने उनको विश्लेषण छ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रो रहेको छ । यो कम्पनीको मूल्य १४.९८ प्रतिशत बढेर ४६६.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको १२.०९ प्रतिशत, दोर्दी खोला जलविद्युतको ६.७९ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ५.९५ प्रतिशत, श्रृजनशील लघुवित्तको ५.६८ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.८९ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ४.६३ प्रतिशत, राप्ती हाइड्रोको ४.५८ प्रतिशत, सोलु हाइड्रोको ४.५५ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको ४.०८ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ४.९१ प्रतिशत घटेर ४७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नबिल डिबेञ्चरको ४.३५ प्रतिशत, आरबीबी फोकस ४० को ३.२९ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको २.९७ प्रतिशत, केबीएल डिबेञ्चरको २.९६ प्रतिशत, एनएमबी इनर्जी बण्डको २.९५ प्रतिशत, लक्ष्मी उन्नती कोषको २.९४ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९२ प्रतिशत, सानिमा बैंक डिबेञ्चरको २.९१ प्रतिशत र चिरख्वा हाइड्रोको २.८० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।