काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्नेमा विकास बैंक समूह १.८८ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह १.०७ प्रतिशत, फाइनान्स समूह १.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६३ प्रतिशत, हाइड्रो समूह १.०८ प्रतिशत, लगानी समूह १.४२ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९० प्रतिशत, माइक्रोफाइनान्सको १.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७३ प्रतिशत, निर्जीवन बीमा समूह १.७२ प्रतिशत, व्यापार समूह ०.८६ प्रतिशत र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।
सेयरबजारमा पछिल्लो समय विस्तारै सुधारको संकेत देखिए पनि राजनीतिक घटनाक्रमबाट सिर्जित मनोवैज्ञानिक दबाब र अल्पकालीन नाफा बुकिङका कारण सोमबार बजारमा दोहोरो अंकको करेक्सन देखिएको बजार जानकार दामोदर गजुरेलले बताएका छन्।
उनका अनुसार पछिल्ला केही दिनमा बजारको लय सकारात्मक बन्दै गएको भए पनि राजनीतिक वृत्तबाट आएका केही विषयले लगानीकर्ताको आत्मविश्वासमा सामान्य असर पारेको छ।
‘सेयरबजारमा विस्तारै सुधार देखिएको छ। तर केही राजनीतिक प्रोपागाण्डाका कारण लगानीकर्ताको कन्फिडेन्स केही कमजोर हुँदा आज बजार घटेको हुनसक्छ,’ गजुरेलले भने।
प्रधानमन्त्रीको पछिल्लो स्टाटसले समेत निजी क्षेत्र र ठूला व्यवसायीमा एक किसिमको निराशा तथा असन्तुष्टि सिर्जना गरेको उनको बुझाइ छ। यस्तो वातावरणले बजारमा तत्कालका लागि मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनले बताए।
गजुरेलले धितोपत्र बोर्डले ल्याएको १० लाख रुपैयाँसम्बन्धी नीतिगत व्यवस्थाको प्रभावसमेत बजारमा केही हदसम्म परेको बताए।
उनका अनुसार पछिल्ला दुई–तीन कारोबार दिन लगातार बढेको हाइड्रोपावर समूहमा सोमबार लगानीकर्ताले नाफा बुक गर्दा बिक्री दबाब बढेको हो।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ १३.५८ प्रतिशतले बढेर ८०६ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै मकर जितुमाया सुरी हाइड्रोको ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोको ५.४७ प्रतिशत, एनआइसी एशिया बैंकको ३.०२ प्रतिशत, बुटवल पावरको २.४८ प्रतिशत, युनिलिभर नेपालको २.३९ प्रतिशत, रिलायबल समृद्धि योजनाको १.७९ प्रतिशत, गरिमा डिबेञ्चरको १.५६ प्रतिशत, अप्पर लोहरे खोलाको १.५६ प्रतिशत, मेन्छियाम हाइड्रोको १.५२ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने स्टकमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । यो स्टकको मूल्य ४.८६ प्रतिशत घटेर ९.२१ रुपैयाँ काय मभएको छ ।
त्यस्तै, झापा इनर्जीको ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.८३ प्रतिशत, माउन्ट एभरेष्ट पावरको ३.५६ प्रतिशत, नेपाल लाइफ समृद्धि योजनाको ३.५२ प्रतिशत, रिलायन्स फाइनान्सको ३.४४ प्रतिशत, बन्दिपुर केबलकारको ३.४३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.४२ प्रतिशत र प्रभु सेलेक्ट फण्डको ३.३९ प्रतिशतले घटेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।