शाओमीको पहिलो इलेक्ट्रिक कारले बनायो विश्वलाई चकित पार्ने रेकर्ड
काठमाण्डौ । मोबाइल फोन निर्माता कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयु ७ प्रोले आफ्नो ब्याट्री लाइफ र प्रदर्शनले विश्वलाई अचम्ममा पारिदिएको छ। चीनका एक व्यक्तिले यो कारसँग यस्तो रेकर्ड बनाएका छन्, जुन सामान्यतया असम्भव मानिन्छ।चीनका मिस्टर फेङले आफ्नो एसयु ७ प्रो कारलाई विगत १८ महिनामा २ लाख ६५ हजार किलोमिटरसम्म चलाएका छन्। यसको अर्थ, उनले दैनिक औसत ६०० किलोमिटर ड्राइभ...

