शुक्रबार, भाद्र १९,२०८३ 02:31:21
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 02:31:21
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि सरकारी पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि सरकारी पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले घोषणा गरेको राहत तथा सहुलियत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ।

सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। विपदबाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनका लागि वातावरण तयार गर्ने सरकारको पहल सकारात्मक रहेको नाडाले जनाएको छ।

नाडाका अनुसार बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक तथा ढुवानी प्रयोजनका सवारीसाधनको दर्ता खारेज गरी सोही प्रकृतिका सवारीसाधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई महत्वपूर्ण राहत पुग्नेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, बाढीबाट क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने नाडाको भनाइ छ।

बाढी प्रभावित ऋणीका लागि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजदरमा सहुलियत दिने व्यवस्थाले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्ने अपेक्षा गरिएको छ। क्षतिग्रस्त सवारीसाधन तथा उपकरण पुनः खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था पनि व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाले जनाएको छ।

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालगायतका विषयलाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताएका छन्।

उनले भने, ‘विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो। यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ।’

नाडाले सरकारद्वारा घोषणा गरिएको प्याकेजको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, बाढीबाट भएको वास्तविक क्षतिको विस्तृत अध्ययन गरी आवश्यकता देखिएमा दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन सरकारसँग आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.