भन्सार विभागका महानिर्देशकलाई नाडाका प्रतिनिधिले भने, ‘एमआरपी स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक भएन’
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत छलफल गरेको छ।छलफलका क्रममा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागू गर्न खोजेको उक्त व्यवस्थाप्रति आफूहरू...

