मंगलवार, फाल्गुन ५,२०८२ 10:40:00
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:40:00
Bizshala
Global IME Bank Limited

नाडाले गर्यो महासंघमा जाने निर्णय, प्रशासनको निर्देशन बेवास्ता

नाडाले गर्यो महासंघमा जाने निर्णय, प्रशासनको निर्देशन बेवास्ता
Shivam Cement

काठमाण्डौ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई महासंघमा रुपान्तरण गरिने प्रस्ताव पारित भएको छ । नाडाको ४९औं वार्षिक साधारण सभाले विवादस्पद बनेको महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल गरी प्रचलित कानून बमोजिम उक्त प्रस्ताव पारित गरेको हो ।

नाडाले आगामी दिनमा पनि कानूनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने प्रतिबद्धता जनाई साधारण सभा सम्पन्न गरेको हो । नाडाले आफैले व्यक्त गरेको प्रतिबद्धता पालना गर्न नसक्दा चौतर्फी आलोचना सुरु हुन थालेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसअघि नाडाका कार्यसमिति सदस्य रहेका आकाश गोल्छाले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नाडा महासंघमा जाने विषयविरुद्ध उजुरी दर्ता गरेका थिए । गोल्छाले नाडाका हालका अध्यक्ष करण चौधरीलाई नै महासंघको अध्यक्ष बनाउने गरी रुपान्तरणको योजना बनेकाले विशेष साधारण सभा गर्नुको औचित्यमाथि प्रश्न समेत गरेका थिए ।

सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले विशेष साधारण सभा डाक्नुको औचित्यबारे प्रष्ट्याउन ७ दिनको समय दिदै नाडालाई सभा रोक्न निर्देशन दिएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मंगलबार मात्रै प्रशासनले नाडालाई महासंघमा लाने प्रस्ताव कानून सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न र निर्वाचन तालिका प्रकाशन गरेर मात्रै साभारण सभा गर्न पनि निर्देशन दिएको थियो । तर नाडाले प्रशासनको निर्देशन बेवास्ता गर्दै नाडालाई महासंघमा लैजाने निर्णय गरेको छ ।

साथै, नाडाले साभारण सभा सम्पन्न गरी संस्थाको नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।

नाडाका अध्यक्ष चौधरीले एकलौटी रुपमा राखेको उक्त प्रस्ताव विवादकाबीच पनि पारित भएपछि संघका केही सदस्यले असहमति जनाएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.