सोमबार, कार्तिक २,२०८३ 02:26:56
  • सोमबार, कार्तिक २,२०८३ 02:26:56
Global IME Bank Limited

नाडाले गर्यो महासंघमा जाने निर्णय, प्रशासनको निर्देशन बेवास्ता

Bizshala
नाडाले गर्यो महासंघमा जाने निर्णय, प्रशासनको निर्देशन बेवास्ता
New Office

काठमाण्डौ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई महासंघमा रुपान्तरण गरिने प्रस्ताव पारित भएको छ । नाडाको ४९औं वार्षिक साधारण सभाले विवादस्पद बनेको महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल गरी प्रचलित कानून बमोजिम उक्त प्रस्ताव पारित गरेको हो ।

नाडाले आगामी दिनमा पनि कानूनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने प्रतिबद्धता जनाई साधारण सभा सम्पन्न गरेको हो । नाडाले आफैले व्यक्त गरेको प्रतिबद्धता पालना गर्न नसक्दा चौतर्फी आलोचना सुरु हुन थालेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि नाडाका कार्यसमिति सदस्य रहेका आकाश गोल्छाले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नाडा महासंघमा जाने विषयविरुद्ध उजुरी दर्ता गरेका थिए । गोल्छाले नाडाका हालका अध्यक्ष करण चौधरीलाई नै महासंघको अध्यक्ष बनाउने गरी रुपान्तरणको योजना बनेकाले विशेष साधारण सभा गर्नुको औचित्यमाथि प्रश्न समेत गरेका थिए ।

सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले विशेष साधारण सभा डाक्नुको औचित्यबारे प्रष्ट्याउन ७ दिनको समय दिदै नाडालाई सभा रोक्न निर्देशन दिएको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

मंगलबार मात्रै प्रशासनले नाडालाई महासंघमा लाने प्रस्ताव कानून सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न र निर्वाचन तालिका प्रकाशन गरेर मात्रै साभारण सभा गर्न पनि निर्देशन दिएको थियो । तर नाडाले प्रशासनको निर्देशन बेवास्ता गर्दै नाडालाई महासंघमा लैजाने निर्णय गरेको छ ।

साथै, नाडाले साभारण सभा सम्पन्न गरी संस्थाको नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।

नाडाका अध्यक्ष चौधरीले एकलौटी रुपमा राखेको उक्त प्रस्ताव विवादकाबीच पनि पारित भएपछि संघका केही सदस्यले असहमति जनाएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.