बुधबार, फाल्गुन २१,२०८१ 04:53:36
IME remit
  • बुधबार, फाल्गुन २१,२०८१ 04:53:36
IME remit
Global IME Bank Limited

भारतको नयाँदिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न

Hyundai Nepal
भारतको नयाँदिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । यही जनवरी २० मा भारतको राजधानी नयाँदिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफ्याक्चर्स(यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रुपमा ओभर भ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिएका थिए ।

सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भईरहेको प्रयासबारे पनि बताउँदै नेपाल, सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी दिए । प्यानलिष्टको रुपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आईसी गाडीहरुको आयात घटदै गएको भएपनि नेपालको सरकारले ग्रीन ईनर्जीलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनहरुको आयात हरेक वर्ष बढ्दै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशःथपिदै गएको बताए । यसै क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हब बन्दै गएको समेत बताए ।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

उक्त ११ औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एचइ केन्नेथ एफएच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत सम्बोधन गरेका थिए ।  

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सम्झौतामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले प्यानलिष्टको रुपमा आ—आफनो धारणा राखेका थिए ।  

Sagarmatha Cement

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधि मण्डल भारत भ्रमणमा रहेको छ । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उपे्रती केन्द्रीय कार्य समितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.