आईतवार, आश्विन ११,२०८३ 09:53:50
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 09:53:50
Bizshala
Global IME Bank Limited

बाढीपीडितका लागि नाडाद्वारा १० लाख रुपैयाँ सहयोग

बाढीपीडितका लागि नाडाद्वारा १० लाख रुपैयाँ सहयोग
New Office

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवाका बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नाडाका तर्फबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

नाडाका अनुसार भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नाडाले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ।

नाडाको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय नागरिकको तत्कालीन आवश्यकता पहिचान गर्दै खाद्यान्न तथा आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गर्दै आएको छ। विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको नाडाले जनाएको छ।

नाडाले विपद्का बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रभावित नागरिकको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्‍याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंह घाँगोनिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निर्मल पाण्डेलगायतको उपस्थिति थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.