आईतवार, भाद्र २३,२०८१ 05:44:45
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:44:45
IME remit
Global IME Bank Limited

कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह

Hyundai Nepal
कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो ।  

‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम कानून अनुसार कारवाही गर्नुपर्छ भन्ने कुरामा नाडा स्पष्ट छ । तर एउटा सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरिकै आधारमा धरपकडगरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनेको अवस्थाप्रति ध्यानाकर्षण गराउदै व्यवसायीहरुको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउनु पर्छ भन्ने कुरामा नाडा आग्रह गर्दछ, ’ नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिवेला व्यवसायीहरुको मनोवल बढाई लाखौ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनु पर्ने अवस्था आएको नाडाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘व्यवसायी एवं व्यावसायिक वातावरण नबिगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नु पर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाई दिन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।’

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X