आईतवार, असार १४,२०८३ 02:27:10
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:27:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न

Laxmi Sunrise Bank Limited
नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न

काठमाण्डौ । असार १३ गते नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाण्डौमा सम्पन्न भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो । 

२०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नोे ५०औं बर्षकोे शुभ–अवशरमा विभिन्न कार्यक्रमहरु सहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो ।

नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सभ्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटेल याक एण्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्वहरु, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नाडाका पूर्व अध्यक्षहरु, नाडाका सम्पूर्ण सदस्य कम्पनीहरु र पत्रकारहरुको सहभागितामा वाकाथन कार्यक्रम समेतको आयोजना गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

यसै स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्व अध्यक्षहरुलाई विशेष सम्मान समेत गरेको छ । यो स्वर्ण उत्सव समारोह मिति २०८३ असार १३ गते देखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित राजधानी र ७ वटै प्रदेशहरुमा सम्पन्न हुने छन् ।  

यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन् । त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भदौ महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ । त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.