मंगलवार, कार्तिक ३,२०८३ 04:00:07
  • मंगलवार, कार्तिक ३,२०८३ 04:00:07
Global IME Bank Limited

भारतको नयाँदिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल

Bizshala
भारतको नयाँदिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल
New Office

काठमाण्डौ । भारतको नयाँदिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल भएको छ ।  

यही २०२५ को जनवरी १८ मा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमाभारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ ? द्धिपक्षिय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ ? भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको हो ।  

अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रणा गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भईरहेको भारत मोविलिटीअन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

उक्त छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह–निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी नाडाको तर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा,उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.