बुधबार, श्रावण ६,२०८३ 09:09:28
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:09:28
Bizshala
Global IME Bank Limited

भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह

भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह
New Office

काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागी मात्रै नेपालमा प्रवेशको अनुमित दिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटका क्रममा यस्तो आग्रह गरेको हो । 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालबाहक भारतीय ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट  नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै ध्यानाकर्षण गराएका छन् । 

यस्तै भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागी आग्रह गरिएको नाडाले जनाएको छ ।  

यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतिलेे नेपाल भारतबीच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुब्रीकेन्ट, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको र यसले नेपालको लुब्रीकेन्ट र टायरट्युब उद्योगहरुलाई गम्भिर असर परिरहेको बताए । बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेकोले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने उनले बताए । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराएका थिए ।  

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।                                                 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.