शनिबार, असार १४,२०८२ 04:43:24
  • शनिबार, असार १४,२०८२ 04:43:24
Global IME Bank Limited

बजेट अटोमोबाइलमैत्री, वर्षौदेखिको माग र आवाजलाई समेटेको छ : नाडा

Hyundai Nepal
बजेट अटोमोबाइलमैत्री, वर्षौदेखिको माग र आवाजलाई समेटेको छ : नाडा
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले आगामी आवको बजेट अटोमोबाइलमैत्री भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२÷०८३ को बजेट अटोमोवाइलमैत्री आएको जनाएको हो ।  

नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा  नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको जनाएको छ । जसलाई मनन गरी सरकारले अटोमोबाइल उद्योगको हित हुनेगरी बजेट ल्याएको नाडाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ,’ विज्ञप्तीमा उल्लेख छ ।  

नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.