शनिबार, असार १४,२०८२ 04:29:50
  • शनिबार, असार १४,२०८२ 04:29:50
Global IME Bank Limited

नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्रमा हस्ताक्षर

Hyundai Nepal
नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्रमा हस्ताक्षर
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन हिजोदेखि प्रारभ्म भएको हो ।

उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सो मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषबीच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

उक्त समझदारीपत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोषले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासँंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ  ।

सो समझदारीपत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.