काठमाण्डौ। गत भदौ १० अगस्टमा आएको विनाशकारी बाढीका कारण रसुवासहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा सहयोगका लागि यामाहा नेपाल परिवार एकजुट भएको छ।
बाढीका कारण धेरै परिवारले घर, सम्पत्तिका साथै कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाएका छन्। विपद्पछिका दिनमा क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुँदै जाँदा प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता बढिरहेको अवस्थामा यामाहा नेपालले सहयोग अभियान अघि बढाएको हो।
अभियानअन्तर्गत यामाहा २(व्हीलर डिभिजन र देशभर रहेका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डमार्फत रु. १५ लाख योगदान गरेका छन्। यसैगरी, यामाहा डिभिजनको जेन–जी टिमले आफ्नै व्यक्तिगत बचतबाट रु. १५ हजार सहयोग गरेको कम्पनीले जनाएको छ।
यामाहा नेपालका अनुसार विपद्को कठिन समयमा राष्ट्र र समुदायप्रति जिम्मेवारी निर्वाह गर्दै प्रभावित नागरिकलाई साथ दिनु नै प्रमुख दायित्व हो। यही भावनाका साथ यामाहा नेपाल परिवार, यामाहा २व्हीलर डिभिजन, डिलर तथा राइडरहरू राहत तथा सहयोग अभियानमा सहभागी भएका हुन्।
कम्पनीले आफ्नो सामूहिक प्रयासबाट सबैभन्दा बढी सहयोगको आवश्यकता रहेका प्रभावित परिवारसम्म राहत र सहयोग पुर्याई उनीहरूलाई कठिन परिस्थितिमा केही राहत तथा भरोसा प्रदान गर्न सकिने अपेक्षा गरेको छ।
यामाहा नेपालले प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणको यात्रा जारी रहँदासम्म आवश्यकताअनुसार आफूले सक्ने हरेक माध्यमबाट साथ र सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।