बिहीबार, आश्विन २२,२०८३ 05:38:45
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 05:38:45
Bizshala
Global IME Bank Limited

श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर ‘चाडपर्व खर्च’ दिन रोजगारदातालाई निर्देशन

Bizshala
श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर ‘चाडपर्व खर्च’ दिन रोजगारदातालाई निर्देशन
New Office

काठमाण्डौ ।  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको विभागले स्पष्ट पारेको हो।

विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई उक्त कानुनी व्यवस्था कार्यान्वयन गरी श्रमिकलाई समयमै चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च रोजगारदाता वा प्रतिष्ठानले उपलब्ध नगराए सम्बन्धित श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन्।

विभागले उजुरी, गुनासो तथा सुझावका लागि इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ। साथै, श्रमिकले सहज रूपमा गुनासो तथा उजुरी दिन सकून् भनेर क्यूआर कोडसमेत उपलब्ध गराइएको विभागले जनाएको छ।

विभागले श्रमिकका कानुनी हक सुनिश्चित गर्न तथा श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि रोजगारदातालाई चाडपर्व खर्चसम्बन्धी व्यवस्था पालना गर्न पुनः सचेत गराएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.