बुधबार, कार्तिक ११,२०८३ 09:34:44
  • बुधबार, कार्तिक ११,२०८३ 09:34:44
Global IME Bank Limited

चाडपर्वमा हवाई भाडा महँगिएको गुनासोपछि क्यान सक्रिय, सस्तो टिकट बेच्न एयरलाइन्स सहमत

Bizshala
चाडपर्वमा हवाई भाडा महँगिएको गुनासोपछि क्यान सक्रिय, सस्तो टिकट बेच्न एयरलाइन्स सहमत
New Office

काठमाण्डौ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको भन्ने गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने तथा त्यस्तो भाडादरसम्बन्धी सूचना सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति भएको छ।

चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढेको मौका पारेर हवाई टिकटको मूल्य उच्च बनाइएको गुनासो आएपछि नियामक निकायले एयरलाइन्स कम्पनीसँग छलफल अघि बढाएको हो।

Garima Development Bank
Bizshala
IME remit

२०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।

क्यान र वायुसेवा कम्पनीबीच भएको पछिल्लो सहमतिअनुसार यात्रुले स्वीकृत अधिकतम सीमाभन्दा तलका सस्ता टिकटसमेत सहज रुपमा देख्न र खरिद गर्न सक्ने गरी वायुसेवा कम्पनीहरूले आफ्नो बिक्री प्लेटफर्ममा भाडादर सार्वजनिक गर्नुपर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.