निर्वाचनमा 'नो भोट' को ऐतिहासिक प्रावधान ! सर्वोच्चको १२ वर्ष पुरानो आदेश कार्यान्वयनतर्फ
काठमाण्डौ । नेपालको निर्वाचन प्रणालीमा ठूलो मोड आउन लागेको संकेत देखिएको छ। सरकार मतदाताले मन नपरेका उम्मेदवारलाई ठाडै अस्वीकार गर्ने विकल्प ‘नो भोट’ कानूनमार्फत लागू गर्न अध्यादेश ल्याउने अन्तिम चरणमा पुगेको छ। यो व्यवस्था लागू भएमा मतदाताले सबै उम्मेदवार अनुपयुक्त छन् भनेर औपचारिक रूपमा जनाउन सक्नेछन्, जसले भविष्यका चुनावलाई थप उत्तरदायी र प्रतिस्पर्धी बनाउने...

