बुधबार, श्रावण १३,२०८३ 10:23:04
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:23:04
Bizshala
Global IME Bank Limited

सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित
New Office

काठमाण्डौ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा बुधबार सर्वदलीय बैठक सुरु भएको छ। तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ बैठकमा सहभागी भएका छैनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका अध्यक्ष आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत सहभागी छन्।

देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी रहँदा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। यही पृष्ठभूमिमा सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक सहमतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गरिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.