IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 03:19:03
राष्ट्रपतिलाई सक्रिय पहल लिन एमालेको आग्रह
ECONOMY& POLITICS

राष्ट्रपतिलाई सक्रिय पहल लिन एमालेको आग्रह

काठमाण्डौ । मुलुक अस्थिर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा नेकपा एमालेले राष्ट्रपतिलाई सक्रिय पहल लिन आग्रह गरेको छ।पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी वक्तव्यमा संविधानको मर्मअनुरूप राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन्।

नागरिक आन्दोलनको आरोप-'सेनाको संलग्नतामा राजतन्त्र पुनःस्थापना र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भयो'
ECONOMY& POLITICS

नागरिक आन्दोलनको आरोप-'सेनाको संलग्नतामा राजतन्त्र पुनःस्थापना र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भयो'

काठमाण्डौ । वृहत् नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै सेनाको संलग्नतामा राजतन्त्र पुनःस्थापना र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको आरोप लगाएको छ।  आन्दोलनका अगुवाहरूले भनेका छन्, ‘जेठ १५ को आन्दोलनका सहिदहरूको बलिदानको मोल नबुझी सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र गणतन्त्रको मर्ममाथि प्रहार गर्ने खेल मञ्चन भइरहेको छ, जुन हाम्रा लागि...

जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
ECONOMY& POLITICS

जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो

काठमाण्डौ । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ।  हिजो भर्चुअल बैठकमा सहभागी भई अन्तरिम सरकारको प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने समूहमै फूट आएको देखिएको हो ।  सोही समूहबाट फूटेको अर्को समूहले अन्तरिम सरकारको प्रमुखमा सुशीला कार्की अयोग्य रहेको भन्दै त्यसमा असहमति जनाएको छ । 

सुशीला कार्की र दुर्गा प्रसाईलाई जंगीअड्डाभित्र लगियो, अरुलाई प्रवेश निषेध
ECONOMY& POLITICS

सुशीला कार्की र दुर्गा प्रसाईलाई जंगीअड्डाभित्र लगियो, अरुलाई प्रवेश निषेध

काठमाण्डौ । नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रियालाई अगाडि बढाएको छ ।  नेपाली सेनाको टोलीले उच्च सैनिक सुरक्षासहित पूर्व प्रधानन्यायाधीश तथा जेनजीको तर्फबाट अन्तरिम सरकारको नेतृत्वका लागि सिफारिस नाम सुशीला कार्कीलाई भर्खरै जंगीअड्डा पुर्याइएको छ । 

जेनजी युवाहरुको माग संसद विघटन गर्नु होइन, सबै माग वर्तमान संसदीय प्रक्रियाबाट पूरा हुन्छ : प्रचण्ड
ECONOMY& POLITICS

जेनजी युवाहरुको माग संसद विघटन गर्नु होइन, सबै माग वर्तमान संसदीय प्रक्रियाबाट पूरा हुन्छ : प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवाहरुको माग संसद विघटन गर्नु नरहेको बताएका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै जेनजी युवाहरुको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध तथा संसद विघटनको पक्षमा नभएको बताएका हुन् ।अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी परिष्कृत लोकतन्त्र र गणतन्त्रको विकल्प अझ परिष्कृत गणतन्त्र मात्रै...

पायो भने प्रधानमन्त्री बन्छु तर मन्त्री त कुनैपनि हालतमा बन्दिन : महाविर पुन
ECONOMY& POLITICS

पायो भने प्रधानमन्त्री बन्छु तर मन्त्री त कुनैपनि हालतमा बन्दिन : महाविर पुन

काठमाण्डौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुनले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् । पुनले फेसबुकमा स्टाटस लेख्दै आफू मन्त्री नबन्ने तर पायो भने प्रधानमन्त्री भने बन्ने बताएका हुन् ।  

वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह
ECONOMY& POLITICS

वर्तमान घटनाक्रमलाई गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन एमाले कोशीको आग्रह

काठमाण्डौ । नेकपा एमाले कोशी प्रदेश समितिले देशको वर्तमान घटनाक्रमलाई धैर्य र गम्भिरतापूवर्क विश्लेषण गर्दै सक्रिय रहन पार्टी सदस्यहरुलाई आग्रह गरेको छ । समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार थापाद्वारा जारी विज्ञप्तिमा स्वच्छ उद्देश्यको आन्दोलनमा भएको अनेक थरी शक्तिको घुसपैठलाई पनि नजर...

राष्ट्रपति रामचन्द्र पौडेलले सेनापतिसँग ‘म राजीनामा दिँन्न, बरु मलाई मारिदिनुस्’ भनेका किशोर नेपालको दाबी
NEWS

राष्ट्रपति रामचन्द्र पौडेलले सेनापतिसँग ‘म राजीनामा दिँन्न, बरु मलाई मारिदिनुस्’ भनेका किशोर नेपालको दाबी

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको रहस्यमय मौनताको विषयमा प्रश्नहरु उठ्न थालेका छन् । कतिपय नागरिकले पौडेलकै अवस्थाको विषयमा समेत सोधीखोजी गर्दै सामाजिक सञ्जालका भित्ताहरुमा असरल्ल पोष्टहरु हालिरहेका छन् ।  सामाजिक सञ्जालहरुमा विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेकोसम्मको आशंका गरिरहेका छन् ।...

शिवपुरीबाट ओलीको सन्देश-'सत्ताको यातनाले बा बन्न पाइँन, तर बन्ने रहर कहिल्यै मरेन'
ECONOMY& POLITICS

शिवपुरीबाट ओलीको सन्देश-'सत्ताको यातनाले बा बन्न पाइँन, तर बन्ने रहर कहिल्यै मरेन'

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीका नाममा भावुक सन्देश सार्वजनिक गरेका छन् ।  उनले व्यवस्था परिवर्तनको कठोर लडाईमा सत्ताले दिएको निर्मम यातनाका कारण आफ्ना सन्तान नभए पनि बा बन्ने आफ्नो रहर कहिल्यै नमरेको बताएका छन् ।  आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको...

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने
NEWS

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् । 

सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'
ECONOMY& POLITICS

सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताको उत्साहपूर्ण समर्थन प्राप्त भएकाले चुनावी सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएकी छिन्।भारतीय समाचार च्यानल न्युज-१८ सँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा सरकारको नेतृत्व लिन आफू तयार रहेको खुलासा गरिन्।

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'
NEWS

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'

काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो ।  यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए ।  दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो । 

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'
NEWS

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।  प्रधान सेनापति अशोक सिग्देलसँग आज दिउँसो भेट गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले बालेन शाह वा सुशीला कार्कीमध्ये जो नेतृत्व गर्न तयार भए पनि आफूलाई त्यो स्वीकार हुने, तर उनीहरु तयार नभए देशलाई निकास दिन आफू नेतृत्वका लागि तयार रहेको बताएका हुन् । 

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग
ECONOMY& POLITICS

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ ।  जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ । 

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?
ECONOMY& POLITICS

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?

काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् ।  प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् । 

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक
ECONOMY& POLITICS

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठक आज राती ८ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेगरी बोलाइएको हो ।  

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति
NEWS

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति

काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् ।  जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ । 

एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत
ECONOMY& POLITICS

एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत

काठमाण्डौ । जेनजीले नेपाली सेनासँग निर्णायक वार्तामा बस्नका लागि एउटै वार्ता टोली बनाउन, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंग्याउन र जेनजीको नेतृत्व कसले गर्ने भन्ने विषयमा निश्कर्ष निकाल्न नसकेपछि अन्यौल बढेको छ ।  जेनजी नामको आन्दोलनमा सहभागी दर्जनौ समूहहरुले आफूहरु आधिकारिक समूह भएको दाबी गर्दै नेपाली सेनासम्म छलफलका लागि प्रस्तावहरु पुर्याएका छन् ।...

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’
ECONOMY& POLITICS

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’

काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डौ आईपुगेका छन् । जेनजी प्रदर्शनका कारण सिर्जित विषम परिस्थितीकाबीच मेयर साम्पाङ आज काठमाण्डौ आई पुगेका हुन् ।  उनले फेसबुकमार्फ आफू राजधानी आईपुगेको जानकारी दिएका छन् ।  

प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँगै वार्तामा बस्न दबाब दिए : जेनजी अभियन्ता
ECONOMY& POLITICS

प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँगै वार्तामा बस्न दबाब दिए : जेनजी अभियन्ता

काठमाण्डौ । जेनजी अभियन्ताले रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आफूहरुलाई दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएकि छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै यस्तो बताएकि हुन् ।  दुर्गा प्रसाईं र रास्वपा समूह पनि प्रदर्शनको स्टेकहोल्डर भएकाले उनीहरुसँग पनि वार्तामा सँगै बस्नुपर्ने प्रधानसेनापति सिग्देलले बताएपछि आफूहरु नेपाली...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.