काठमाडौं। बाढी, पहिरो तथा विकास निर्माणका कार्यका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा आकाशे पुल निर्माणका लागि आज बिहान ९ देखि ११ बजेसम्म सडक बन्द गरिने भएको छ।
त्यस्तै, काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिनथली र गिम्दीबेशीमा पहिरो खसेपछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु सडक खण्डमा बाढीले पुल अवरुद्ध हुँदा यातायात ठप्प छ। यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमा पहिरोका कारण अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।