गण्डकीका विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी आवागमन
काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडकखण्डमा एकतर्फी आवागमन भइरहेको छ भने केही पूर्ण रूपमा अवरुद्ध छन्।

