काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक अझै प्रभावित छन्। प्रहरीका अनुसार रसुवा र म्याग्दीका सडक पूर्ण रूपमा अवरुद्ध छन् भने मनाङ र नवलपरासी पूर्वका सडक एकतर्फी सञ्चालनमा छन्।
रसुवाको मुख्य राजमार्ग भदौ १० गतेदेखि बाढीका कारण बन्द छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकमा असोज १० गतेदेखि पहिरोका कारण अवरोध कायमै छ।
मनाङको खाङसार–बेंसीसहर सडक भने असोज ९ गते रातिको बाढीपछि एकतर्फी सञ्चालनमा आएको छ। यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ भने ठूला सवारीसाधन चल्न सकेका छैनन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।