सोमबार, आश्विन २६,२०८३ 10:14:17
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 10:14:17
Bizshala
Global IME Bank Limited

भसभसे पहिरोले बागलुङ–बेनी सडक जोखिमपूर्ण, घण्टौँ जाम

Bizshala
भसभसे पहिरोले बागलुङ–बेनी सडक जोखिमपूर्ण, घण्टौँ जाम
New Office

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै बाढीले सडक कटान गर्दा यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि बागलुङ, रुकुम पूर्व–पश्चिम र जाजरकोटबाट पोखरा–काठमाडौँ आवतजावत गर्ने सवारीसाधनसमेत यही वैकल्पिक सडकमा निर्भर छन्। सडक करिब एक सय मिटर क्षेत्रमा दुईदेखि तीन मिटर भासिएपछि सवारीसाधन हिलोमा फस्ने र घण्टौँ जाम हुने समस्या देखिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सडक डिभिजन कार्यालय बागलुङले यसअघि भूमिगत पानी व्यवस्थापन र ढलान गरे पनि सडक पुनः भासिएको छ। जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार ग्राभेल राख्दा पनि सडक दबिने क्रम नरोकिएकाले फसेका सवारीसाधन डोजरको सहायताले निकाल्ने गरिएको छ। पहिरोका कारण खबरा गाउँसमेत जोखिममा परेको छ। समस्याको दीर्घकालीन समाधानका लागि नदी किनारमा तटबन्ध निर्माण, पहिरोग्रस्त सडकको सतह मिलाउने र पक्की बनाउने पहल भइरहेको उनले बताइन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.