काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड अवरुद्ध छन्।
मनाङमा असोज १८ गतेको बाढीपछि बेशीसहर–खाङसार सडकखण्ड एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुकेबगरमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार–६ घुमाउरी घाटमा असोज १० गते साँझ गएको पहिरोपछि सडक एकतर्फी सञ्चालनमा छ। यस्तै, बौदिकाली–३ जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोपछि सडक एकतर्फी खुले पनि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।